२३ असार २०८३, मंगलबार

एमसीसी चुनावपछि मात्रै संसदमा जाने प्रचण्डको संकेत

‘एमसीसी फरक स्वरूपमा आउनसक्छ, हाम्रो अडान यथावत छ’
एमसीसी चुनावपछि मात्रै संसदमा जाने प्रचण्डको संकेत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता स्थानीय तहको चुनाव पछिमात्र संसदमा प्रवेश पाउने संकेत गरेका छन् । 

एमसीसीमा रहेका कतिपय प्रावधान संशोधन गर्नुपर्ने पार्टीको अडान यथावत रहेको उनले दोहोर्याए । 

माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी बैठकलाई बिहीबार भर्चुअल सम्बोधन गर्दै प्रचण्डले एमसीसीका कतिपय प्रावधान परिमार्जन गर्नुपर्नेमा आफूहरू दृढ रहेको बताएका हुन् । उनले एमसीसी अनुमोदन स्थानीय तहको चुनावपछि संसदमा प्रवेश पाउने संकेत गरेका हुन् ।

‘एमसीसी चुनावपछि संसदमा जान सक्छ । परिमार्जन गर्नुपर्छ भन्ने हाम्रो लाइन यथावत छ’ प्रचण्डको भनाई उदृद्ध गर्दै माओवादीका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘एमसीसी फरक स्वरूपमा आउन सक्छ । हाम्रो अडान भने यथावत नै हुन्छ ।’

अध्यक्ष प्रचण्डले जेठमा स्थानीय तहको चुनाव हुने भन्दै तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । उनले विचार मिल्नेसंग चुनावमा सहकार्य हुनसक्ने पनि कर्णाली प्रदेश समितिको बैठकमा बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्