०४ असार २०८३, बिहीबार

नहरमा डुबेर ३ वर्षीय बालकको मृत्यु

नहरमा डुबेर ३ वर्षीय बालकको मृत्यु
प्रतिकात्मक तस्वीर

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका ३ वर्षीय छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।

त्रियुगा नदीको नहरमा बिहीवार दिउँसो खेल्न गएका बालक अचानक डुब्न पुगेका थिए । अभिभावकले बालकलाई खोज्ने क्रममा अचेत अवस्थामा डुबिरहेका भेटेपछि तत्काल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगेको प्रहरीले बताएको छ ।

उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

बालकको मृत्युबारे प्रहरीले थप अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्