२२ जेठ २०८३, शुक्रबार

रुकुम-रोल्पामा एमाले हारेपछि ओलीले भने, ‘लोकतन्त्र आएकै छैन’

कात्तिक २०, २०७४
रुकुम-रोल्पामा एमाले हारेपछि ओलीले भने, ‘लोकतन्त्र आएकै छैन’

काठमाडौं, १७ असार–  नेकपा एमालेका अध्यक्ष केपी ओलीले रुकुम र रोल्पा जिल्लामा लोकतन्त्र नआएको बताएका छन् । काठमाडौं जिल्ला कमिटीले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले रुकुम रोल्पा आतंकको छायाँमा बाँचेको बताए ।

‘रुकुम रोल्पामा गणतन्त्र, लोकतन्त्र त के बहुदल पनि आएको छैन,’ ओलीले भने, ‘त्यहाँका जनता आतंकको छायांमा बाँचेका छन् ।’

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पनि रुकुम रोल्पामा माओवादी बाहेक अन्य पार्टीले स्थानीय प्रमुख जित्ने नसकेकोतर्फ संकेत गर्दै ओलीले त्यसो भनेका हुन् ।

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई ‘कृत्रिम सरकार’को संज्ञा दिँदै भने, ‘यो सरकार देशलाई नोक्सा गर्न लागिपरेको छ ।’

तराई–पहाड छुट्याउन दुई नम्बर प्रदेशमा अजोज २ गतेसम्मका लागि चुनाव सारिएको ओलीले आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्