
किसान आन्दोलन थालेको सीके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग अवरुद्ध गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ । मौसमले साथ नदिएपछि जनमत पार्टीले सडक केन्द्रित कार्यक्रम स्थगित गरेको हो ।
केन्द्रीय कार्यकारिणी समितिले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिएअनुसार गाउँपालिका/नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
मौसममा सुधार भएपछि फागुन १ गतेदेखि आन्दोलनको नयाँ कार्यतालिका निर्धारण गरिने जनमत पार्टीले जनाएको छ ।