१८ असार २०८३, बिहीबार

चारैतिर डाँडामा हिउँ परेपछि काठमाडौंमा बढ्यो चिसो

चारैतिर डाँडामा हिउँ परेपछि काठमाडौंमा बढ्यो चिसो

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्वरुप भएको हिउँदे वर्षाका कारण देशका उच्च भागमा हिमपात भएको छ । 

बिहीवारर रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यका आसपासका क्षेत्रमा हिमपात भएको छ । काठमाडौंको चन्द्रागिरि, शिवपुरी क्षेत्रमा बाक्लो हिपमात भएको छ । 

यस्तै ललितपुरको फुल्चोकीमा पनि हिउँ परेको छ । काठमाडौंका चारैतिर डाँडामा हिउँ परेपछि उपत्यकामा चिसो बढेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा शुक्रवार बिहानको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस छ । 

चिसो अझ बढ्न सक्ने विभागले जनाएको छ । विभागले बिहान जारी गरेको मोसम पूर्वानुमान बुलेटिनमा शनिवार पनि पानी पर्ने जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्