×

NMB BANK
NIC ASIA

पूर्व जानेहरूले सप्तरीको बरमझियाको पेडा बजारमा गाडी नरोकी चित्त नै बुझ्दैन । यहाँको पेडा देशभर प्रसिद्ध छ । 

Muktinath Bank

बैजनाथ बाजेले शुरू गरेको पेडाको व्यवसाय अहिले सयौंले नक्कल गरेर पेडा दोकान खोलेका छन् र सबै चलेका पनि छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैले सक्कली भनेर बेचेका हुन्छन् तर यसका संस्थापक बैजनाथ साह भने बितिसके । 


Advertisment
Nabil box
Kumari

साहले ५० वर्ष पहिला खोलेको बाजेको पेडा अहिले छोराले चलाइरहेका छन् । उनको पसल चलेपछि सबैले हुबहुँ नाम राखेर बरमझियालाई नै पेडा बजार बनाएर प्रसिद्ध तुल्याए ।

Vianet communication
Laxmi Bank

प्रायः सबैजसोको पेडा दोकानको बोर्डमा बैजनाथ, पुरानो, सक्कली, बाजेको लेखेको हुनाले ग्राहक झुक्किन्छन् । जुन पसलमा गए पनि सक्कली यही हो भनेर व्यापार गरेका छन् । सबैको आम्दानी राम्रो छ, गाडीको सिजनमा त भ्याइँ–नभ्याइँ हुन्छ । 

कुनै चाडबाडमा सबैको व्यापार चम्केको हुन्छ । जति माल बनाए पनि साँझ खाली हुने स्थिति हुन्छ । हरेक वर्ष पसल पनि थपिँदै गएका छन् र ग्राहक पनि त्यही अनुपातमा आउँछन् । अहिले बरमझियामा सयको हाराहारीमा पेडा दोकान चलेका छन् ।

बरमझिया कसरी प्रसिद्ध भयो पेडाका लागि ?

सप्तरीको बरमझियामा गाईभैंसी निकै पाल्ने चलन धेरै पहिलादेखि चलेको पेशा हो । गाईंभैसीको दूधलाई सदुपयोग गर्ने हेतुले ५० वर्ष पहिला बैजनाथ साहले पेडा पसल खोलेका थिए । उनले खोलेको पेडा पसलले बिस्तारै प्रसिद्धि कमाउन थालेपछि आसपासका सबैले खोल्न पेडा पसल थालेर बजार विस्तार हुँदै गयो । सबैको दोकान चलेको देखेर झन् पेडाकै दोकान थपिँदै गएर अन्ततः पेडा बजार हुँदै गयो । 

अहिले सयभन्दा धेरै पेडा पसल छन् । दिनानुदिन नयाँ खोलिने क्रम पनि बढ्दै गएको छ । बैजनाथ साहको पेडा पसल निकै लोकप्रिय हुँदै गर्दा अरुले पनि बैजनाथको नाम नजोडी पसल नचल्ने भएपछि कतै न कतै उनको नाम जोडेर सबैले पसलको नाम राखेर ग्राहक पनि झुक्किए तापनि भीडभाडका कारण कुनै एक पसलबाट किनिहाल्छन् । जुन पसलेलाई सोधे पनि यही असली हो भन्ने गर्छन् ।

प्रायः सबै पसलेको पेडा बनाउने तरिका परम्परागत नै छ र अन्य स्थानभन्दा भिन्न छ । अन्य स्थानको पेडा निक्खर सेतो हुन्छ भने बरमझियाको पेडा भने निक्खर खैरो हुन्छ ।

यहाँ दैनिक २५ हजार लिटर दूध खपत हुन्छ र सयौंले रोजगारी पनि पाएका छन् । हरेक पसलमा सरदर औसतमा १० हजारको दैनिक व्यापार हुँदा मासिक १० लाख रुपैयाँको पेडा बिक्री हुन्छ । यसरी १० लाख रुपैयाँको दैनिक व्यापार गर्न राजधानीमा पनि करोडौंको लगानी गर्नुपर्छ ।

बरमझियाको पेडा कसरी बनाइन्छ ?

पेडा बनाउन धेरै सामग्रीको जरुरत पर्दैन । मात्र यसमा मेहनत जरुरी हुन्छ । पेडा बनाउन दूध र चिनी या सख्खर भए पुग्छ । भैंसीको दूधको खुवा धेरै बन्छ र खान धेरै स्वादिष्ट पनि हुन्छ । किनकि भैंसीको दूध गाईको दूधको तुलनामा धेरै बाक्लो हुन्छ । भैंसीको दूधमा चिल्लो पदार्थ पनि ज्यादा हुन्छ । बरमझियामा खुवा बनाउँदा परम्परागत शैलीमा मौलिक तरिकाबाट दाउराको आगोमा बाक्लो ठूलो कराइमा दूध उमालेर घटाइन्छ र बाक्लो बनाइन्छ ।

दूधलाई ३–५ घण्टासम्म निरन्तर रूपमा लामो दाबिलोले चलाइरहनुपर्छ । बीचमा चलाउन छाडेमा कराइको पिँधमा डढेर पूरै दूध गन्हाउँछ र फ्याक्नुपर्ने हुन्छ । तसर्थ दूधलाई १ जनाले चलाउन छाड्नु हुँदैन । दूध घटेर हल्का दहीजस्तो बाक्लो हुनासाथ चिनी या सख्खर हालेर चिसो हुन दियो भने यो रबडी बन्छ, जुन पश्चिमको नेपालगञ्जमा एक प्रख्यात मिठाइको रूपमा प्रसिद्ध छ तर पेडा बनाउन अझै घोटेर सानो आँचमा पकाउनुपर्छ र साह्रो हुन दिनुपर्छ ।

अब पनि यसरी घोटीघोटी पकाइरहँदा रबडीको कलर परिवर्तन हुँदै जान्छ र साह्रो पनि । हल्का ढिडोजस्तो साह्रो हुँदा यो खैरो बन्छ र यसलाई केही चिसो बनाएर पेडाको साइज दिन थालिन्छ ।

अब आफ्नो पसलको नाम राखेर छापेको मिठाइको डब्बामा पेडा मिलाएर राखिन्छ र ग्राहकलाई बेच्न तयार गरिन्छ । पानी नपारिकन चिस्यानमा राख्न सकियो भने यो पेडा महिना दिनसम्म पनि केही हुँदैन ।

बरमझियाको पेडाले प्रसिद्धि कमाउँदै जाँदा कतिले त पेडा बनाउने मशिन ल्याएर विभिन्न आकारमा पनि बनाउन थालेका छन् । यहाँको पेडाले व्यावसायिक रूप लिन थालेपछि व्यवसायीहरू पेडाको ब्राण्ड बनाउने सोचमा लागेका छन् । 

चिनी खान नमिल्नेका लागि सुगर फ्री पेडा पनि बन्न थालेका कारण यो पुरानो बाजेको पेडा दिनानुदिन सबै वर्गबीच लोकप्रियता बढ्दै गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x