०८ साउन २०८३, शुक्रबार

प्यूठान जीप दुर्घटनाः मृत्यु भएका ८ मध्ये एकै परिवारका तीन जना

प्यूठान जीप दुर्घटनाः मृत्यु भएका ८ मध्ये एकै परिवारका तीन जना

प्यूठानमा शुक्रवार राति जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएकामध्ये एकै परिवारका तीन जना परेका छन् । 

नेपाली कांग्रेस गौमुखी गाउँपालिका उपसभापति बसन्त खड्का, उनकी श्रीमती बसन्ती र छोरी एलिसाको पनि मृत्यु भएको छ । खड्काका एक छोरा भने जन्तमा सहभागी थिएनन् । 

कांग्रेस प्यूठानका सभापति विष्णु गिरीले दुर्घटनापछि गाउँ शोकमा डुबेको बताए । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । 

‘हाम्रो पार्टीको गाउँपालिका उपसभापतिसहित उहाँको परिवार दुर्घटनामा पर्‍यो,’ गौमुखी गाउँपालिका अध्यक्षसमेत रहेका गिरीले लोकान्तरसँग भने, ‘यस्तो बज्रपात आइलाग्यो हामीलाई आइलाग्यो ।’ 

गौमुखी–६ ओखरपाटाबाट बेहुली लिएर फर्कंदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो । 

दुर्घटनामा दुलही रिमा जिसी, दुलाहा दानबहादुर खड्कासहित अन्य घाइतेको थप उपचारको लागि बुटवल ल्याइएको छ । 

प्यूठानमा केही वर्ष अगाडि जन्ती बोकेको बस दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको थियो । अहिले फेरि जन्ती बोकेको गाडी दुर्घटनाले त्यो घटनालाई सम्झाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्