३१ असार २०८३, बुधबार

चिसोले कठ्यांग्रिएर पाल्पामा २ जनाको मृत्यु

चिसोले कठ्यांग्रिएर पाल्पामा २ जनाको मृत्यु
सांकेतिक तस्वीर।

अत्यधिक चिसोको कारण पाल्पा सदरमुकाम तानसेनमा दुई जनाको मृत्यु भएको छ । 

तानसेन नगरपालिका–४, बडीज्ञान टोलमा बस्ने ३८ वर्षीय वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका–४ स्थायी घर भएका ५० वर्षीय गणेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले जानकारी दिए । 

उनीहरू दुवैजनाको शव शनिवार बिहान फेला परेको थियो । तानसेनमा ज्याला मजदुरी गर्दै आएका गिरीको शव तानसेन सिल्खानटोलमा भेटिएको थियो ।  

त्यस्तै अर्घाखाँचीको छत्रकोट स्थायी घर भएका परियार तानसेन नगरपालिका–६ बसपार्क नजिकै अचेत अवस्थामा भेटिएका थिए । 

उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

परियार तानसेनमा मागेर खाँदै हिँड्ने गरेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्