०६ साउन २०८३, बुधबार

ईश्वर पोखरेलको चेतावनी- समयमै स्थानीय निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्छौं

ईश्वर पोखरेलको चेतावनी- समयमै स्थानीय निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्छौं

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानूनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् । 

प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्थानीय तह निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरूले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका हुन् । 

‘गठबन्धनकारी सरकार छ । यस्तो सरकार जुन सरकार गठन गर्न पार्लियामेन्टले चिनेन, देखेन, थाहा पाएन । श्रीमानहरू (न्यायाधीशहरू)ले बनाए,’ उनले भने, ‘श्रीमानहरूले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दैछ । कानूनलाई उल्लंघन गर्ने धृष्टता गर्दैछ ।’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संविधान र कानूनविपरीत काम गरे सञ्चारमाध्यमहरूले पनि विरोध गर्नुपर्ने बताए । 

‘संविधानले किटानी गरेको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता सरकारले गर्दैछ । यसको बारेमा बोल्नु पर्छ कि पर्दैन ? बोल्नुपर्छ,’ उनले भने, ‘यदि यो स्थानीय तहको निर्वाचन कानून र संविधानले तय गरेको समयमै हुँदैन भने त्यसको विरुद्धमा देशव्यापी रुपमा जनपरिचालन हुन्छ । मुलुकको संविधान र कानूनको रक्षाका लागि यो काम गर्नु पर्दछ ।’

salt training

कमेन्ट गर्नुहोस्