२४ असार २०८३, बुधबार

सिमकोटमा चार फिटसम्म हिउँ, खानेपानीका धारामा पानी जमे

सिमकोटमा चार फिटसम्म हिउँ, खानेपानीका धारामा पानी जमे

बिहीबारदेखि लगातार परेको हिमपातले सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ ।

सिमकोटमा बेलुकादेखि परेको हिउँ चार फिट जमेको छ । यहाँको तापक्रम माइनसमा झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायत क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका बासिन्दा प्रशान्त लामाले जानकारी दिए ।

उनका अनुसार हिमपातले मुचका खोलामा पानी जमेर बहाव कम भएको छ । सबैतिरको पानी जमेर पूरै ठोस भएको उनले बताए । उनले भने, “जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन, चिसोले खानेपानीका धारा जमेका छन् ।’’
    
अत्याधिक चिसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँहरुसमेत यहाँ सुनसान छन् । निरन्तर रुपमा हिउँसँगैको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।रासस

salt training

कमेन्ट गर्नुहोस्