
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीको एनिमेटेड ग्राफिक नोभल 'अथर्वःद ओरिजिन’ को फस्टलुक सार्वजनिक भएको छ ।
उनको सुपर हिरो लुक्स सार्वजनिक भएको हो ।
साइन्स फिक्सन नोभलको टिजर धोनीले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
फस्टलुकमा धोनी अघोरी अर्थात् 'अथर्व’ को भूमिकामा देखिएका छन् ।
धोनी भारतलाई टी–२० र एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाउने कप्तान हुन् ।
धोनी एनिमेटेड अवतारमा देखिएका छन् छ जहाँ उनी राक्षस सेनाको विरुद्धमा लडिरहेको देख्न सकिन्छ ।
चलचित्रको कथा लेखक रमेश थमिलमणिको अप्रकाशित पुस्तकबाट साभार गरिएको हो । गोरखापत्र दैनिकमा खबर छ ।