
मेष
आज मिश्रित मिल्नेछ । आफ्नो व्यापार वृद्धि हुनेछ, तपाई आफ्नो विचारले अरुलाई प्रभावित पार्न सक्नु हुन्छ । एक अनुभवी व्यक्तिसँग आज परामर्श लिन सक्नुहुन्छ ।
वृष
शिक्षाको क्षेत्रमा आज केही तनावको अनुभव रहन सक्छ, तर जीवनसाथीसँग आज साँझ राम्रोसँग बिताउन पाइएला । आफ्नो पिताजीसँग आज विवाद रहन सक्ला ।
मिथुन
साझेदारी ब्यापारमा लाभ देखिन्छ । व्यक्तिगत सम्बन्धमा अप्ठ्यारो महसूस हुन सक्छ । सतर्क रहेर सम्बन्धको गहिराहीलाई बुझ्नुहोला । तपाईंको जोडी आज तपाईंको स्वास्थ्यलाई लिएर असंवेदनशील हुन सक्नुहुन्छ।
कर्कट
पैसा अरूहरुले दुरुपयोग गर्न सक्लाला । आफ्नो हातमा केहि नहुनाले निरिह परेको जस्तो हुन सक्ला । आफ्नो आत्म- विश्वास बढाउनु होला । अरूको हस्तक्षेपले तनाव उत्पन्न हुनेछ।
सिंह
पारिवारिक जिम्मेवारी राम्रोसँग पुरा गर्नु पर्ला । आफ्नो परिवारका सदस्यहरूले मनोरञ्जन घटनाहरूले खर्च बढाउनेछन । सकारात्मक नै सोच्नुहोला । अरूलाई आफ्नो केही समय दिने राम्रो दिन रहन सक्ला ।
कन्या
आज आफ्नो व्यक्तिगत सम्बन्ध सुधार गर्न प्रयास गर्नुहोला । भविस्यको लागि सुनौला दोका खोलिने छ । धैर्य धारण गर्नुपर्छ । प्रेम असीम छ, जीवनको नया आयाम बन्न सक्छ ।
तुला
तपाईको आकर्षक व्यवहारले अरुको ध्यान आकर्षित गर्न सकिनेछ । तपाईले छोराछोरी वा तपाई भन्दा कम अनुभवीहरूसँग विवाद नगर्नु होला ।
वृश्चिक
विवाद चर्किन सक्ला । बोलीलाई संयमित राखेर कार्य बढ्दा बुद्दिमत रहला । झगडा हुनाले आफ्नो छवि ओरालो लागेको महसूस रहला ।
धनु
तपाईले अवकाशको खुशीलाई रमाइलो पार्न जानु हुँदैछ। एउटा नयाँ आर्थिक सम्झौता तय हुनेछ र नयाँ पैसा प्राप्त हुनेछ ।
मकर
तपाईका जोडीको स्वास्थ्य नराम्रो हुनाले आज प्रेममा बाधा पर्नेछ । यात्रा र शैक्षिक गतिविधिहरूले तपाईको जागरूकतामा बृद्धि गर्नेछ । आज तपाईंको आफ्नो जोडीसित गम्भीर तर्क हुन सक्छ ।
कुम्भ
आफ्नो जाँगरको उत्थान गर्न तपाईंको मनमा एउटा उज्ज्वल, सुन्दर र सफल चित्र बनाउनुहोस । आफ्नो परिवारको हितको लागि कठिन काम गर्नुहोस् ।
मीन
तपाईंको कार्यले प्रेम बदाउन सक्नु हुन्छ । सकारात्मक दृष्टिद्वारा गरिएको प्रेमले उन्नति तिर लाग्ला । अपमानित हुनु पर्ला, नचिनेको ठाउमा बिना आमन्त्रण नगएको राम्रो । बिरामीपनले सताउन सक्नेछ ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)