२६ असार २०८३, शुक्रबार

अमेरिकाबाट फर्केर ३३ वर्ष पुरानो ट्रयाक्टर राखे घरको छतमा, १० लाख खर्च !

माघ २३, २०७८
अमेरिकाबाट फर्केर ३३ वर्ष पुरानो ट्रयाक्टर राखे घरको छतमा, १० लाख खर्च !

मान्छेको रहरले पनि के–के गराउँछ पत्तै हुँदैन । यस्तै रहरले एक जनाले ३३ वर्ष पुरानो ट्रयाक्टरलाई घरको तेस्रो तलाको छतमा राखेका छन् ।

राजस्थानको गंगानगर जिल्लास्थित रामसिंहपुरका एनआरआई किसान अंग्रेज सिंहले ट्रयाक्टरलाई छतमाथि राखेका हुन् । किसानको सम्मानका लागि ट्रयाक्टरलाई छतमाथि राखेको सिंहले बताए ।

ट्रयाक्टरलाई छतमाथि राख्न सिंहले १० लाख रुपैयाँ खर्च गरेका छन् । छतमाथि राख्नुअघि ट्रयाक्टरमा रंगरोगन पनि गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिंहले नयाँ घर बनाएका छन्, जसको छतमा ट्रयाक्टर राखिएको छ । ट्रयाक्टरलाई दिनदिनै रिमोर्टबाट स्टार्ट गर्ने गरिएको छ । ट्रयाक्टर नबिग्रियोस् भनेर दिनदिनै स्टार्ट गर्ने गरिएको सिंहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्