१३ असार २०८३, शनिबार

आजदेखि मौसममा सुधार हुने

आजदेखि मौसममा सुधार हुने
प्रतिकात्मक तस्वीर

पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आइतवारदेखि सुधार हुने भएको छ । 

देशभर आइतवार आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

सोमवार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रही देशका मध्य तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ । 

आइतवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ३ डिग्री र सबैभन्दा धेरै डोटीको दिपायलको अधिकतम तापक्रम १९ दशमलव ३ डिग्री सेल्सियस छ ।
 

salt training

कमेन्ट गर्नुहोस्