३० असार २०८३, मंगलबार

बेलारुसमा रुसले गश्ती गर्न पठायो आणविक बमवर्षक विमान

माघ २३, २०७८
बेलारुसमा रुसले गश्ती गर्न पठायो आणविक बमवर्षक विमान

रुसले नेटोसँगको तनाव बढिरहेको बेलामा आफ्नो सहयोगी मुलुक बेलारुसमा आणविक बमवर्षक विमान शनिवार पठाएको छ ।

रुसका रक्षा मन्त्रालयका अनुसार, दुईवटा टीयू–२२एम३ विमानहरूले बेलारुसका वायुसेना र वायु रक्षासँग मिलेर चार घन्टा अभ्यास गरेको छ । 

युक्रेन र रुसबीचको तनाव दिनदिनै बढिरहेको छ । युक्रेनमाथि रुसले जुनबेला पनि आक्रमण गर्न सक्ने भनी पश्चिमले हल्ला गरिरहेको छ । 

अभ्यासका क्रममा बेलारुसमा गश्ती गर्दै विमानहरू कैयौंपटक उडे । बेलारुसको सीमा युक्रेनको उत्तरमा पर्छ । 

रुसले साइबेरिया र सुदूरपूर्वी क्षेत्रबाट आफ्ना सैनिकहरू बेलारुस पठाएको छ । त्यस तैनाथीसँगै युक्रेननजिक रुसको सैन्य तैनाथी बढेको छ । त्यसले गर्दा नै पश्चिमी मुलुकहरूले युक्रेनमाथि रुसको आक्रमण हुन लागेको बताएका हुन् । 

बेलारुसमा रुसी सैनिकको तैनाथीमा पश्चिमी मुलुकहरूले चिन्ता व्यक्त गरेका छन् । 

बेलारस सीमाबाट युक्रेनको राजधानी किएभ जम्मा ७५ किलोमिटर टाढा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्