२४ असार २०८३, बुधबार

गठबन्धनमा खटपट भइरहेका बेला देउवा भेट्न ओली बालुवाटार जाँदै

गठबन्धनमा खटपट भइरहेका बेला देउवा भेट्न ओली बालुवाटार जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । 

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर गठबन्धनमा खटपट परेको बेला ओली देउवालाई भेट्न बालुवाटार जान लागेका हुन् । 

स्थानीय तहको चुनावलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार जान लागेको उनका प्रेस संयोजक रामशरण बजगाइँले जानकारी दिए । 

‘स्थानीय तहको निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्षज्यू ४ बजे बालुवाटार जाने कार्यक्रम छ,’ बजगाइँले लोकान्तरसँग भने । 

समसामयिक विषयमा छलफल गर्नका लागि बालुवाटारबाट खबर आएको बजगाइँले बताए । 

यसअघि गत महिना प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्