२५ असार २०८३, बिहीबार

विचारको लडाईं लड्न बुद्धिजीवीलाई अध्यक्ष ओलीको आग्रह

कात्तिक २०, २०७४
विचारको लडाईं लड्न बुद्धिजीवीलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौ १७ पुस - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीले राष्ट्रियताका लागि विचारको लडाईं लड्नुपर्ने बेला आएको बताएका छन् ।kp oli

एमाले स्कुल विभागद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा ‘नेपाल बुद्धिजीवि परिषद्को प्रशिक्षण समापन’ कार्यक्रममा बोल्दै उनले नेपालको राष्ट्रिय सन्दर्भमा महाभारत खडा गर्न थालिएकाले बुद्धिजीवीले विचारको लडाईं लड्नु पर्ने बताए ।

“अर्जुनसँग सधैँ धनुष हुन्थ्यो । उनले धनुषको प्रयोग महाभारतमा मात्र गरे”– उनले भने , “तपाई बुद्धिजीवीसँग पनि धनुषको रुपमा विचार रहेको छ । देशमा पनि महाभारतको स्थिति खडा गरिँदैछ । तपाईँहरु पनि विचारको गान्डीव धनुष प्रयोग गर्नुहोस् ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले आफ्नो निर्णय आफैँ गर्न पाउनुपर्ने भएता पनि अहिले पाइलैपिच्छे हस्तक्षेप भइरहेको बताए ।

तीन दिनसम्म भएको प्रशिक्षणमा ४२ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा १३ विषयमा प्रशिक्षण दिइएको स्कुल विभाग सचिव ईश्वरी रिजालले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्