०८ साउन २०८३, शुक्रबार

रुसले युक्रेनविरुद्धको युद्ध जम्मा २ दिनमा जित्ने अमेरिकी गुप्तचर निकायको आकलन

माघ २३, २०७८
रुसले युक्रेनविरुद्धको युद्ध जम्मा २ दिनमा जित्ने अमेरिकी गुप्तचर निकायको आकलन

रुसले युक्रेनमाथि आक्रमण गरेको खण्डमा जम्मा दुई दिनमा हराउने र त्यसक्रममा ५० हजार नागरिकको मृत्यु हुने अमेरिकी गुप्तचर निकायले आकलन गरेको छ । 

किएभ सरकार पनि त्यही अवधिमा गिर्ने पश्चिमी गुप्तचरहरूको आकलन छ । त्यसले उब्जाएको मानवीय संकटका कारण लगभग ५० लाख शरणार्थी अन्य देश जानेछन् । 

उनीहरूको विश्लेषणमा यस संकटको कूटनीतिक समाधान हुने सम्भावना अत्यन्तै न्यून छ । 

रुसले युक्रेन सीमा नजिक सैनिक तैनाथी गरेपछि अमेरिकाले त्यसलाई आक्रमणको पृष्ठभूमिका रूपमा बुझेको छ । एक वर्षमा दुईपटक यसरी रुसले सैन्य तैनाथी गरेर स्पष्ट सन्देश दिएको एक युरोपेली अधिकारीले वाशिङटन पोस्टलाई बताएका छन् । 

उनले बताए, ‘पुटिनले युद्धका लागि तयार सैनिकहरू सीमा राखेका छन् । उनले केही पनि नगरेमा अन्तर्राष्ट्रिय समुदायले रुसको शक्तिमा आशंका गर्नेछ ।’

रुसले नेटोलाई हस्तक्षेप नगर्नका लागि अबको केही हप्तामा आणविक हतियारसहित अभ्यास गर्न खोजेको अमेरिकाका सैन्य तथा गुप्तचर अधिकारीहरूले विश्वास गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्