३१ जेठ २०८३, आइतबार

कञ्चनपुरमा मतको विषयलाई लिएर ‘लफडा’, मतगणना स्थगित

कात्तिक २०, २०७४
कञ्चनपुरमा मतको विषयलाई लिएर ‘लफडा’, मतगणना स्थगित

बेलौरी, १७ असार–
कञ्चनपुरको पुनर्वास नगरपालिकाको मतगणना स्थगित भएको छ । मतदानको दिन खसेको मत र गणना भएको मतको संख्या फरक भएको भन्दै दलहरुबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।

वडा नम्बर १ मा कुल खसेको मतभन्दा १०० मत बढी फेला परेको दावी गर्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले अवरोध गरेपछि मतगणना स्थगित भएको हो ।

वडा नम्बर १ बाट नेकपा एमालेका प्रतापबहादुर चन्द प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरिसकेको छ । फर्जी मत हालेर एमालेका उम्मेदवारलाई विजयी बनाइएको भन्दै काँग्रेस–माओवादीका कार्यकर्ताले मतगणना स्थलमा प्रदर्शन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्