बर्दिया, १७ असार– बर्दियाको गुलरीया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
गुलरीयाको मेयरमा मुक्तिनाथ यादव ६ हजार २ सय ७ मत ल्याएर विजयी भएका हुन् ।
गुलरीयाको उपमेयरमा पनि नेपली कांग्रेसकै सुशीला गिरी विजयी भएकी छन् । उनले ६ हजार ३ सय ६४ मत ल्याइन् ।