०५ साउन २०८३, मंगलबार

भोलिबाट सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हट्ने, यस्तो छ १८ बुँदे निर्णय [पूर्णपाठ]

भोलिबाट सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हट्ने, यस्तो छ १८ बुँदे निर्णय [पूर्णपाठ]
फाइल तस्वीर

काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भोलि (सोमवार)बाट हट्ने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

कोभिड–१९ को सक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा माघ १४ गतेबाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

आइतवार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विभिन्न १८ निर्णयहरू गरेका छन् । 

३ वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको निर्णयहरू सार्वजनिक गरेका छन् । 

प्रमुख जिल्ला अधिकारीहरूको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न, गराउन सकिने निर्णय गरेको छ ।

यस्तै जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड १९ को लक्षण देखिएमा अनिवार्य ५ दिन क्वारेन्टीनमा बस्ने र ५ दिन पछि कोभिड १९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्रै काममा आउनुपर्ने निर्णयमा उल्लेख छ ।

खेलकुद कार्यक्रम सन्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशतभन्दा बढी नहुने गरी पूर्ण खोप लगाएका दर्शक उपस्थित गराउने निर्णय समेत जिल्ला प्रशासन कार्यालयहरूले गरेका छन् ।

यस्तै जनस्वास्थ्यको मापदण्ड एवम् सम्बन्धित खेलको अन्तराष्ट्रिय प्रोटोकल पालना गरी आगामी फागुन १ देखि खेलकुदका कार्यक्रम सञ्चालन गर्न सकिने समेत निर्णय भएको छ ।

पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्