२३ असार २०८३, मंगलबार

न्याय सेवा आयोगको बैठक बस्न सकेन

न्याय सेवा आयोगको बैठक बस्न सकेन

जिल्ला न्यायाधीशका लागि लिइएको लिखित परीक्षाको नजिता प्रकाशन गर्नका लागि आज बोलाइएको न्याय सेवा आयोगको बैठक बस्न सकेन ।

प्रधानन्यायाधीश तथा आयोगका अध्यक्ष चोलेन्द्रशम्शेर जवराले जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बेलाउनुभएको तर बैठकमा आयोगका अरू सदस्यहरू उपस्थित नहुँदा बैठक बस्न नसकेको हो ।

आयोगमा प्रधानन्यायाधीशको अध्यक्षतामा सदस्यहरू कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती रहेका छन् ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आज लिखित परीक्षाको नजिता प्रकाशन गर्ने सम्बन्धमा बैठक बोलाएको थियो । सोमबार न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक बोलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्