१० साउन २०८३, आइतबार

कर्णालीको सार्वजनिक लेखा समिति अध्यक्षमा शाही निर्विरोध निर्वाचित

कर्णालीको सार्वजनिक लेखा समिति अध्यक्षमा शाही निर्विरोध निर्वाचित

कर्णाली प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको अध्यक्षमा नेकपा (एमाले) का सदस्य करवीर शाही निर्विरोध निर्वाचित भएका छन् । लामो समयदेखि रिक्त रहेको समितिको अध्यक्ष पदमा एमाले प्रदेशसभा सदस्य शाही आज निर्विरोध निर्वाचित भएका हुन् ।
 
प्रदेशसभाको आज बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकमा सभामुख राजबहादुर शाहीले समितिको अध्यक्षमा शाही निर्वाचित भएको घोषणा गरेका हुन् । समितिको सदस्य रहनुभएका सदस्य शाहीलाई सार्वजनिक लेखा समितिको अध्यक्ष नियुक्त गर्न एमाले संसदीय दलले प्रदेशसभा सचिवालयसमक्ष सिफारिस गरेको थियो ।

प्रदेशसभामा यो समितिको नेतृत्व प्रमुख विपक्षी दललाई दिने प्रचलन छ । यसअघि नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठले उक्त समितिको नेतृत्व गरेका थिए । श्रेष्ठ मन्त्री नियुक्त भएदेखि लेखा समिति नेतृत्वविहीन थियो । कर्णाली प्रदेशसभामा चार वटा विषयगत समिति छन् ।

बैठकमा विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरु दल रावल, गुलाबजङ्ग शाह, मिनासिं रखाल, खड्कबहादुर खत्री, अमृता शाही र पदम रोकायाले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । स

salt training

कमेन्ट गर्नुहोस्