०९ असार २०८३, मंगलबार

एमसीसीको विषयमा छिटो निर्णय लिन सरकारलाई निजी क्षेत्रको दवाव

माघ २४, २०७८
एमसीसीको विषयमा छिटो निर्णय लिन सरकारलाई निजी क्षेत्रको दवाव

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का दुई परियोजनामा खर्च हुने प्रारम्भिक ढाँचा स्पष्ट छ ।

उक्त ढाँचाअनुसार रुपन्देहीको बुटवलदेखि दाङको लमहीसम्मको सडक बनाउने र रातो माटे , लप्सीफेदी, दमौली, बुटवलदेखि सुनौलीसम्म अन्तरदेशीय विद्युत् प्रसार ण लाइन निर्माण गर्ने हुनुपर्ने हो ।

तर , एमसीसी सम्झौता भएको पाँच वर्ष बित्न लाग्दा पनि संसद्मा प्रवेश नपाएपछि निजी क्षेत्रका अगुवाले यस विषयमा छिटो निर्णयमा पुग्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

उनीहरूले लगानीको बाटो खोल्न एमसीसी आवश्यक रहेको पनि स्पष्ट पारे  ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसङ्घ (सीएनआई)का अध्यक्ष विष्णु अग्रवाल र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष कृष्ण आचार्यले एमसीसी नितान्त विकासको एजेन्डा भएको र यसलाई राजनीतिक दाउपेचको विषय नबनाउन आग्रह गरे । गोरखापत्र दैनिकमा अशोक अधिकारीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्