
जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् ।
प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र बाहिरिएसँगै चर्को आलोचना भइरहेको बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले पनि प्रचण्डमाथि आक्रोश पोखेका छन् ।
आइतवार मध्यरातमा एक ट्वीट गर्दै उनले लेखेका छन्, भित्र खाओवाद, बाहिर माओवाद !
भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! लेख्दै डा. भट्टराईले भनेका छन्,‘नेपाली राजनीति जबसम्म यो पाखण्डी दुईजिभ्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दैबन्दैन ।’
उनले एमसीसी गिजोलिँदै गएको र त्यसको परिणाम गम्भीर हुन सक्ने जनाएका छन् ।
उनले लेखेका छन्, ‘अति भए खति हुन्छ है ।’
भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन।MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!
— Baburam Bhattarai (@brb1954) February 6, 2022