
अर्घाखाँची १७ असार –अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच प्रतिस्पर्धा देखिएको छ । मेयरमा माओवादी उम्मेदवार रेशम थापा ३ हजार १ सय १ मत सहित अग्रस्थानमा छन् ।
राष्ट्रिय जनमोर्चाका कबिराम खनाल २ हजार ८ सय २० मत सहित दोस्रो स्थानमा छन भने एमालेका पीताम्बर भूसाल २ हजार ७ सय १८ मत सहित तेस्रो स्थानमा छन् ।
उपमेयरका कांग्रेसका खडानन्द बेल्वासे ३ हजार १ सय ६८ मत सहित अग्रस्थानमा छन । एमालेकी सुनिता बेल्वासे ३ हजार ५ मत सहित दोस्रोमा र राष्ट्रिय जनमोर्चाकी सकुन्तला राना १ हजार ९ सय ९९ मत सहित तेस्रो स्थानमा छिन् । यो स्थानमा कांग्रेस र माओवादी केन्द्रको तालमेल छ ।