
काठमाडौं, १७ असार – निर्देशक निलु डोमा शेर्पाको निधन भएको छ । चलचित्र ‘हाउ फन्नी’ की निर्देशक शेर्पाको आज बिहान मृत्यु भएको हो ।
गत वर्ष चलत्रित्र हाउ फन्नी निर्देशन गरेकी शेर्पा भिजे समेत थिइन् । उनको पार्थीव शरीरलाई महाराजगञ्जको टिचिङ हस्पिटलमा पोष्टमार्टमका लागि राखिएको छ । ह्दयघातका कारण निधन भएको आशंका गरिएपनि रिपोर्टपछि जानकारी थाहा आउनेछ ।