२७ असार २०८३, शनिबार

कैलालीको जोशीपुर गापामा कांग्रेस विजयी

कात्तिक २०, २०७४
कैलालीको जोशीपुर गापामा कांग्रेस विजयी

धनगढी, १७ असार -कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रामकृष्ण चौधरी तीन हजार ४३२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका विरुप्रसाद चौधरीले दुई हजार ७४१ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले बताउनुभयो ।

यसैगरी, उपाध्यक्षमा कांग्रेसकै गीता कठरियाले तीन हजार ५६८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका किरण चौधरीले तीन हजार ४८९ मत प्राप्त गर्नुभएको छ ।

जोशीपुर गाउँपालिका नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय नेता रामजनम चौधरीको गृह क्षेत्र पनि हो । १९ हजार ३६५ मतदाता रहेको जोशीपुरमा १५ हजार ५२७ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्