खोटाङ, १७ असार -दिप्रुङ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।
दिप्रुङको अध्यक्षमा काँग्रेसका भूपेन्द्र राई दुई हजार ९०२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुन रोकाले एक हजार ८०२ मत प्राप्त गर्नुभयो ।
सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकी सपना राईले दुई हजार २५१ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्वी एमालेकी अम्बिका राईले एक हजार ९८१ मत ल्याउनुभयो ।