सल्लेरी, १८ असार — सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार डुफकुमार बास्तोला विजयी भएका छन् । उनले १६९८ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवारले १६५६ मत ल्याए । यस्तै उपप्रमुखमा कांग्रेसकी कुमारी घिमिरेले जितेकी छन् ।

यता सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नाम्गेल जाङ्गबु शेर्पा र उपमेयरमा नेकपा एमालेकी कल्पना राई निर्वाचित भएका छन् । नाम्गेलको २७५१ मत छ भने कल्पनाको २७६० मत रहेको छ ।