२१ असार २०८३, आइतबार

फराकिलो अग्रता बनाउँदै एमाले, १६० स्थानको नतिजा आउँदा माओवादीको कमजोर नतिजा

कात्तिक २०, २०७४
फराकिलो अग्रता बनाउँदै एमाले, १६० स्थानको नतिजा आउँदा माओवादीको कमजोर नतिजा
काठमाडौं, १८ असार – असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तहको नतिजा आउने क्रम जारी रहेको छ ।Major-party-Vote-Count
आइतबार बिहान पौने ९ बजेसम्म १६० स्थानीय तहको नतिजा आइसकेको छ । पहिलो चरणको निर्वाचनमा पहिलो स्थान हासिल गरेको एमाले दोस्रो चरणमा पनि सोहि लयमा देखिएको छ ।
एमालेले अहिलेसम्म ७७ स्थानमा विजयी हासिल गर्दै कांग्रेससँगको अग्रता फराकिलो पारेको छ । हालसम्म कांग्रेसले ५८ स्थानीय तह जितेको छ ।

कतिपयले दोस्रो चरणको निर्वाचनमा कांग्रेसको सुधारिएको नतिजा आउने विस्वास गरेको भएपनि एमाले नै अब्बल देखिएको हो ।

यता नेकपा माओवादी केन्द्र भने कमजोर देखिएको छ । उसले हालसम्म मात्र २२ स्थानमा जित दर्ता गरेको छ ।

यस्तै जनमोर्चाले २ र संघीय समाजवादी फोरमले १ स्थानमा जीत दर्ता गर्दा संसद चौथो ठूलो दल राप्रपाले भने एक स्थानमा पनि जित हासिल गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्