३० जेठ २०८३, शनिबार

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका सुगम टोल निवासी ५० वर्षीय मानबहादुर बराइली रहेको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए ।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज साँझा करेन्ट लागेर उनको निधन भएको हो । सो घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीलाई जानकारी गराइसकिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्