०१ असार २०८३, सोमबार

नेपालको कूटनीतिक सम्बन्ध १७३ देशसँग

फागुन १, २०७८
नेपालको कूटनीतिक सम्बन्ध १७३ देशसँग

विश्वका  १७३  देशसँग  नेपालको  कूटनीतिक  सम्बन्ध  स्थापना  भएको  छ  । 

पछिल्लो  पटक  नेपाल  र  प्रजातान्त्रिक  गणतन्त्र  टिमोर–लेस्टे  (पूर्वी    टिमोर)बीच    कूटनीतिक    सम्बन्ध स्थापना भएको हो ।

संयुक्त  राष्ट्रसङ्घका  लागि  नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि पूर्वी टिमोरका  स्थायी  प्रतिनिधि  कार्लिटो  नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी  संयुक्त  पत्रमा  शुक्रबार  हस्ताक्षर गरेका हुन् ।

संयुक्त  राष्ट्रसङ्घका  लागि  नेपालको स्थायी नियोगले आधिकारिक ट्विटरमा  उल्लेख  गरेअनुसार  दुवै  राजदूतले  संयुक्त  राष्ट्रसङ्घका  महासचिव  एन्टोनियो  गुटर्रेसलाई  नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध  स्थापना  भएको  जानकारी  गराउनेसम्बन्धी  संयुक्त  पत्रमा  पनि  शुक्रबार नै हस्ताक्षर गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्