×

NMB BANK
NIC ASIA

गठबन्धमा पराकम्प !

फागुन १, २०७८

NTC
Premier Steels

संसद्बाट आउने सोमवार एमसीसी अनुमोदन गर्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव सत्ता गठबन्धनका दुई दलले अस्वीकार गरेका छन्।

Muktinath Bank

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले शनिबार बरु सोमबारको प्रतिनिधिसभा बैठक केही दिन सार्न आग्रह गरेका हुन्। । स्थानीय तह निर्वाचनपछि मात्रै एमसीसी अनुमोदन गर्नुपर्ने अडान दुवै जनाले दोहोर्‍याएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, दाहाल र नेपालबीच शनिबार बालुवाटारमा छलफल भएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाले भने एमसीसी छिटो अनुमोदन गर्न 'दबाब' बढाएको छ। सहायक विदेशमन्त्री डोनाल्ड लूले बिहीबार प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष दाहाललाई फोन गरी अलमल नगर्न भनेका थिए । तर, गठबन्धनका दुई दल तत्कालै एससीसी अनुमोदनका पक्षमा नउभिएपछि शनिबार भएको तीन नेताको छलफल बिनानिष्कर्ष टुंगिएको छ। छलफलमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई पनि राखिएको थियो।


Advertisment
Nabil box
Kumari

तीन नेताको छलफलको प्रारम्भमै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्नुपर्ने प्रस्ताव गरेका थिए। 'एमसीसी संसद्मा लैजानै ढिलो भयो', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने वातावरण बनाउनुहोस्। तपाईंहरुको धारणा संसद्मा राख्नुहोस् । जे निर्णय हुन्छ त्यही गरौं।'

Vianet communication

प्रतिनिधिसभा बैठक सोमबार तोकिएको छ। 'एमसीसीको विषयमा पहिला विस्तृत बुझ्नुहोस् । पार्टीका अन्य साथीहरूलाई पनि बुझाउनुहोस्,' देउवाको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, 'सदनमा छलफल गरौं। सदनमै लैजान नदिने पनि हुन्छ ?' गठबन्धनका दलहरूले नमाने पनि एमसीसीलाई संसद्को निर्णय प्रक्रियामा लैजानुपर्ने दबाब कांग्रेसमा बढ्दो छ।

माओवादी केन्द्र अध्यक्ष दाहाल र एकीकृत समाजवादी अध्यक्ष नेपालले भने स्थानीय तहको चुनावअघि एमसीसी टेबलमा लैजानै नसकिने अडान प्रधानमन्त्रीसँग राखेका थिए।

दाहालले बरु संसद् बैठक दुई दिन पर सार्नुपर्ने बताएका थिए। नेपालले सबै दलबीच साझा धारणा बनाएर एमसीसीलाई संसद्मा टेबल गर्नुपर्ने बताएका थिए। 'जबरजस्ती एमसीसी सदनमा लगियो भने पनि आगामी निर्वाचन बिथोलिन्छ,' नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो. 'त्यसैले अहिले नै अगाडि लैजाऔँ भन्नेतर्फ नलागौँ। चुनावपछिको समय मागौँ। त्यतिबेलासम्म एउटा वातावरण बन्छ।' अन्नपूर्ण पोस्टमा राधा खनालले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x