१५ असार २०८३, सोमबार

सत्तारूढ गठबन्धन फुट्ने संकेत

फागुन १, २०७८
सत्तारूढ गठबन्धन फुट्ने संकेत

सत्तारूढ पाँच दलीय गठबन्धन फुट्ने संकेत देखिएको छ ।

आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने सहमति भए पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर पाँच दलीय गठबन्धन फुट्ने देखिएको हो ।

एमसीसी सम्झौतालाई लिएर गठबन्धनमा रहेका पाँचवटै दल अप्ठयारो अवस्थामा छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताबीच पटकपटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा उभिदै आएका छन् । पाँच दलीय गठबन्धनको बैठकका साथै प्रमुख प्रतिपक्षी एमालेसँग समेत उनी एमसीसी पारित गर्नुपर्ने विषयमा दोहोरो छलफल गर्दै आएका छन् ।

सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की एमसीसी संसदबाट पारित गर्ने विषयमा छलफल भइरहेको बताउँछन् ।  राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्