
नेपाली बजारमा आइतवार सुनको मूल्यमा १५ सय रुपैयाँ बराबरको वृद्धि भएको छ ।
यस दिन छापावाल सुन पति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।