×

NMB BANK
NIC ASIA

महाभियोग प्रस्तावसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा

फागुन १, २०७८

NTC
Premier Steels

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका छन् । संविधानको प्रावधान र नेपालको अभ्यासका आधारमा उनी स्वतः निलम्बनमा परेका हुन् । 

Muktinath Bank

संविधानको धारा १०१ को उपधारा ६ मा भनिएको छ, ‘उपधारा २ बमोजिम महाभियोग कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार संविधान जारी भएपछिको अभ्यासअनुसार पनि संसद सचिवालयमा एक चौथाई सांसदले महाभियोग दर्ता गराएसँगै राणा स्वतः निलम्बन भएका हुन् । 


Advertisment
Nabil box
Kumari

'विगतमा हामीकहाँ भएको अभ्यासअनुसार प्रधानन्यायाधीश सुशीला कार्की र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै स्वतः निलम्बनमा परेको अभ्यास पनि हो,' आचार्यले लोकान्तरसँग भने, 'आजदेखि अब राणा अदालतमा जान पाउनु हुन्न ।'

Vianet communication

नेपाल बार एशोसिएसनसहित विभिन्न निकायले उनीमाथि विभिन्न प्रश्न उठाउँदै राजीनामा माग गर्दै आएको भए पनि उनी राजीनामा नदिएर कार्यालय आइरहेका थिए ।

'विगत दुई महिनादेखी उनको राजीनामा माग गरिएको भए पनि उनले झण्डा हल्लाउँदै कार्यालय आइरहेका थिए,' आचार्यले लोकान्तरसँग भने, 'यतिका प्रश्न उठेपछि उनी आफैंले पनि ममाथि प्रश्नहरू उठेपछि छानबिन गर्नका लागि पनि राजीनामा गर्छु भनेर भन्नु पर्नेमा सधैँ कार्यालय आएर काम गरिरहेको अवस्थामा महाभियोग आवश्यक थियो ।' 

महाभियोगका लागि उनी लायक व्यक्ति नै भएको आचार्यले बताए । संसदमा महाभियोगको प्रस्ताव पारित होला वा नहोला त्यो भविष्यको विषय भए पनि उनीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता हुनु नै पनि ठूलो उपलब्धि भएको आचार्यको कथन छ । 'आजदेखि राणालाई अदालत जानबाट रोकिनु नै पनि ठूलो उपलब्धि हो,' उनले लोकान्तरसँग भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x