०४ असार २०८३, बिहीबार

विद्यालय खुलेकै दिन विद्यार्थी बोकेको गाडीको ब्रेक फेल भएपछि...

विद्यालय खुलेकै दिन विद्यार्थी बोकेको गाडीको ब्रेक फेल भएपछि...

विद्यालय खुलेकै दिन रूपन्देहीमा स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन् । 

बुटवल उपमहानगरपालिका–४, एभरेष्ट इङलिस् बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको हो ।

ज्योतिनगरको ओरालोमा गाडीको ब्रेक फेल भएर गाडी दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । बस विद्यार्थी लिएर विद्यालयतर्फ आउँदै थियो । 

चालक कृष्ण पुनले गाडीमा ब्रेक नलागेपछि बसलाई रुखमा ठोक्काएर विद्यार्थी बचाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । घाइते सबै विद्यार्थीको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । 

एक महिना बन्द रहेका विद्यालयहरू आइतवारदेखि भौतिक रुपमै सञ्चालन आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्