०२ असार २०८३, मंगलबार

५ किलो सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

५ किलो सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ गरेको छ । 

विमानस्थल प्रहरी कार्यालयले  चिनियाँ नागरिक राहदानी नम्बर इजे०२४८१३१ का ३६ झाङ लिलाई पक्राउ गरेको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीम ढकालले जनाकारी दिए । 

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्