०५ असार २०८३, शुक्रबार

नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आन्दोलनलाई अझै सशक्त बनाउने बारको चेतावनी

नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आन्दोलनलाई अझै सशक्त बनाउने बारको चेतावनी
फाइल तस्वीर।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन् । 

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाभियोग दर्ता भएलगत्तै नेपाल बार एशोसिएसन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएसन अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने बताएका हुन् । 

आइतवार नेपाल बार एशोसिएसन परिसरमा कानून व्यवसायीहरूमाझ सम्बोधन गर्दै बार अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा व्यापक छानबिन हुनुपर्ने माग गरे । 

‘न्यायपालिका सुधारको ढोका खुलेको छ, सुधारको थुप्रै कार्यक्रमहरू बाँकी छन्,’ उनले भने, ‘आन्दोलन अझ सशक्त रुपमा अघि बढ्नेछ ।’

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष शाक्यले जबरा पदच्युत नभएसम्म आफूहरूको आन्दोलनले जारी रहने बताएका छन् । उनले जबरा निलम्बित प्रधानन्यायाधीश भएको र उनले संविधानअनुसार सर्वोच्चको गेटमा समेत प्रवेश गर्ने अनुमति नपाउने दाबीसमेत गरे । 

विरोध कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षद्वय हरिहर दाहाल र शम्भु थापाले न्यायपालिकाको सुधार नभएसम्म आन्दोलन जारी राख्न बारको नेतृत्वलाई आग्रह गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्