काठमाडौं, १८ असार– असार १४ मा सम्पन्न दोस्रो चरणको स्थानीय तहको मतगणना जारी छ । २ सय ३४ स्थानीय तहका लागि भएको निर्वाचनको अधिकांश स्थानीय तहको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार १ सय ८३ स्थानीय तहको मतगणना सार्वजनिक भएको छ ।

३ सय ३४ स्थानीय तहमा मेयरका लागि १सय १९ प्रमुख निर्वाचित हुने छन् । त्यस्तै २ सय १५ अध्यक्ष निर्वाचित हुने छन् ।
पछिल्लो परिणाम अनुसार ३८ नगरपालिकाको सार्वजनिक भएको छ । जस अनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । कांग्रेसले २० वटा नगरपालिकामा जित निकालेको छ भने दोस्रो स्थानमा रहेको एमालेले १७ नगरपालिकामा जित निकाले छ भने माओवादी केन्द्रले १ स्थानीय तहमा जित निकालेको छ ।
गाउँपालिकाको अध्यक्षमा भने एमालेले बढी स्थानीय तहमा जीत निकाले छ । एमालेले ६३ स्थानीय तहमा जित निकालेको छ । नेपाली कांग्रेसले ४८ गाउँपालिकाको अध्क्षमा जित निकालेको छ ।