२० असार २०८३, शनिबार

प्रहरी अफिसरहरूको काज सरुवा : को कहाँ ?

प्रहरी अफिसरहरूको काज सरुवा : को कहाँ ?

प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्वय मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरेलाई जिम्मेवारी दिइएको छ ।  

यस्तै दोलखामा डीएसपी गंगाप्रसाद पौडेल, रसुवामा डीएसपी कुलदीप चन्द र  रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको छ ।  दोलखामा रहेका डीएसपी भेषराज रिजालकाे अपराध महाशाखा रामेछापमा रहेका नवराज ढुङ्गानाकाे प्रदेश १ प्रहरी कार्यालय र रसुवामा रहेका देवेन्द्र पाण्डेकाे जगेडा पुलमा सरुवा भएकाे छ ।  

यस्तै वृत्त चापागाउँमा रहेका टेकबहादुर कार्की क्षेत्रीको कार्य विभाग र वृत सातदाेबाटाेमा रहेका दिनेश घिमिरेकाे महानगरीय प्रहरी रानीपोखरीमा काज सरुवा गरिएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्