०५ असार २०८३, शुक्रबार

लुम्बिनी प्रदेशले स्थापना दिवस दाङमा गर्ने

लुम्बिनी प्रदेशले स्थापना दिवस दाङमा गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारको स्थापना दिवसका कार्यक्रमहरु दाङमा गर्ने भएको छ ।
प्रदेश राजधानीका सबै कार्य प्रदेशको मुकाम बुटवलबाट सञ्चालन भइरहेको भएपनि स्थापना दिवस भने यही फागुन ३ गते दाङको देउखुरीमा मनाउने तयारी गरिएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आज बुटवलमा पत्रकार सम्मेलन गरी स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहको तयारी पूरा भएको जानकारी गराए ।
मन्त्री शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै दिवस मनाउने तयारी गरिएको बताए।

प्रदेश स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा सरकारका चार वर्षमा भएका प्रगति विवरण प्रस्तुत, प्रदेशको वृत्तचित्र प्रदर्शन गर्नुका साथै पदक तथा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।
मन्त्री शर्माले प्रदेश सभाले दाङको देउखुरी राजधानी तोकिसकेपछि क्रमशः मन्त्रालय र सरकारका गतिविधि दाङमा हुनु स्वभाविक भएको बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्