
मेष
यो महिना प्रेम मामिलामा समय बर्बाद नगर्नुहोस् । नकारात्मक झुकावका मानिसबाट टाढा रहनाले हजुरको समय राम्रो रहनेछ । भाग्यशाली रंग – हरियो र भाग्यशाली संख्या – १ रहनेछ । महिनाको मध्यपछि तपाईको आर्थिक स्थिति केहि कमजोर रहनेछ । अधिक खर्च र व्यर्थ कार्यहरूमा समय बर्बाद रहनेछ । परिवारको कुनै सदस्यको स्वास्थ्यको कारणले सबैलाई दुखित बनाउनेछ ।
वृष
यो महिना व्यापारमा सफलता नै रहनेछ । अविवाहित सदस्यहरु प्रेम गर्नमा केहि आतुर देखिन्छन । पारिवारिक वातावरण रमाइलो रहनेछ । स्वास्थ्य प्रति लापरवाही नहुनुहोस् । अहिलेको वातावरणबाट आफूलाई जोगाउनु महत्त्वपूर्ण रहन्छ । क्यारियरमा आफ्नो निर्णयमा अडिग रहनुहोला र तपाईंको प्रयासहरू जारी राख्नुहोस् अन्तिममा सफलता हजुरको पक्षमा रहनेछ । महिनाको अन्त्यतिर केहि तनावको समय रहनेछ ।
मिथुन
महिनाको सुरुवातमा हजुरले सोचे अनुसारको परिस्थिति नहुन सक्छ । दोस्रो हप्ता देखि सम्बन्ध तोड्ने निर्णय गर्न सक्नुहुन्छ। स्वास्थ्यमा केहि रोग चोट पटकको भय रहला । परिवारसँग सम्बन्धित चीजहरूलाई बढी गम्भीरतासाथ लिनु होला । यो महिना हजुरको मन चंचल रहनेछ । आफ्नो परिवारसँग सम्बन्धित केहि जिम्मेवारी पुरा हुन सक्छ । महिनाको अन्त्यतिर आर्थिक कारोबारमा बृद्दी रहनेछ ।
कर्कट
प्रारम्भमा स्वास्थ्यसम्बन्धी केहि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग छ । यो महिना अनावश्यक खर्च बढ्ने हँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा समय व्यातित गर्नुपर्दा मन खिन्न रहनेछ । अल्छी गर्ने बानीले काम बिग्रन सक्छ । मायाप्रेममा मनमुटाव सिर्जना हुनेछ । गीतसङ्गीत क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलोतिर पनि समय खर्च हुनेछ ।
सिंह
काम र घरको राम्रो तालमेल राख्न सफल हुनुहुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रूपमा बिहिबार केहि राहत मिल्न सक्ला । श्रीमान श्रीमतीको तालमेल राम्रो रहनेछ । सामाजिक सद्भाव राम्रोसँग कायम रहनेछ । स्वास्थ्य ठीक हुनेछ तर पेट सम्बन्धित ग्यास र एसिडिटीको कारण केहि समस्या हुन सक्नेछ । केही समयको लागि हजुरको व्यक्तित्व र व्यवहारमा सकरात्मक परिवर्तनहरू आउन सक्ने सम्भावना रहेको छ ।
कन्या
कामसँग सम्बन्धित व्यस्तता महिनाभरि नै रहनेछ र कुनै पनि प्रकारको कामको तनावले हजुरलाई हावी गर्ने वाला छैन । एक पूर्व प्रेमीसंगको स्मरणले मन चिन्तित रहनेछ । शरीरमा बढ्दो गर्मीको कारणले केही असुविधाको महसुस रहनसक्छ । तपाईले आफ्नो क्यारियर सम्बन्धी निर्णयलाई घरमा केही व्यक्तिको दबाबका कारणले परिवर्तन गर्नु पर्ने हुन्छ । महिलाहरुको हकमा आफ्नो पार्टनरलाई गाली गर्न सक्नेछन् ।
तुला
विद्यार्थीहरुले पढाइलेखाइमा राम्रो समय दिएका कारणले बुवाआमा खुशी हुनेछन् भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता पनि दिन सकिनेछ । प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । शत्रु परास्त हुने तथा कुनै पनि न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने हुँदा मानसम्मानमा वृद्धि भएर जानेछ । सुखदुःखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रसन्न रहनेछ ।
वृश्चिक
मनमा स्थिरताका लागि ध्यान अत्यन्त महत्त्वपूर्ण छ । वैवाहिक सम्बन्ध नजिकको आफन्तको वैवाहिक सम्बन्धमा देखा पर्दछ । तपाईको मध्यस्थताबाट यो महिना एउटा राम्रो काम सम्पन्न हुनेछ । घरको वातावरण रमाइलो रहनेछ । अचानक एक आतिथिको आगमनले घरमा चिन्ताको बिषय रहन सक्छ । हालको वातावरणको कारण कुनै पनि लापरवाही नगर्नुहोस्, र सुरक्षा नियमहरू पालना गर्नुहोस् ।
धनु
तपाईंको व्यवसाय दृष्टिकोण पनि धेरै मुद्दाहरूको समाधान गर्न सक्षम हुनेछ । भाग्यशाली रंग – निलो र भाग्यशाली संख्या – ८ रहनेछ । यो महिनाआफ्नो प्रयासबाट नकारात्मक चीजहरूलाई सकारात्मक चीजहरूमा बदल्न सक्नुहुन्छ । तपाईले हरेक कामको लागि कडा परिश्रम गर्नुपर्नेछ र प्रसिद्धि पनि पाउनुहुनेछ । महिनाको अन्त्यतिर पखाला र अपच जस्तो समस्या रहन सक्नेछ ।
मकर
ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटाहरु साँघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग छ । खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदीबहिनीसँग ससाना कुरामा मनमुटाव बढ्नेछ ।
कुम्भ
महिनाको सुरुमा जीवनसाथी र बच्चाहरूको पूर्ण समर्थन हुनेछ तर अन्त्यतिर एक्लो महसूस गर्नुहुनेछ । स्वास्थ्य सम्बन्धी साना उतार चढावहरूको ख्याल नगर्नुहोस् । थोरै सावधानीले तपाईंलाई पूर्ण रूपमा स्वस्थ राख्दछ । साथीहरूले फेरि परिवारसंग बहस गर्न सक्छन् । अरूको जीवनसँग सम्बन्धित अति बढी टिप्पणी नगर्नुहोला पछि हजुरलाई नै नराम्रो हुनेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला ।
मीन
महिनाको प्रारम्भमा साथीहरूको सहयोगको पाउनुहुनेछ । यो महिना जीवनसाथीसँग रोमान्टिक भेट हुन सक्छ । तपाईका दुश्मनहरू पनि हजुरका साथी बन्नेछन् । कामको समयमा सकाएर चाँडै घर जानु तपाईको लागि राम्रो रहनेछ, यसले तपाईका परिवारका सदस्यहरूमा पनि खुशी ल्याउनेछ र तपाईले स्फूर्ति पनि पाउनुहुनेछ । पुरानो चीजहरूको बारेमा दोहोर्याइएको सन्दर्भको कारण तपाई आफुप्रति र आफुप्रति पनि क्रोधित र असन्तुष्ट हुन सक्नुहुन्छ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)