२५ जेठ २०८३, सोमबार

आइतबार कुन राशि भएकाहरुको भाग्य कस्तो ?

आइतबार कुन राशि भएकाहरुको भाग्य कस्तो ?

मेष

अन्नभण्डारमा नया सामान भित्रिने छ  । कुनै पनि महान व्यक्तिले तपाईंलाई फाइदा गर्न सक्दछन । शुभ समाचार सुन्न पाइनेछ । रोजगारमा कतै नयाँ ठाउँ जान सक्नु हुनेछ  । 

वृष

नयाँ योजना बनाइनेछ । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक कार्य गर्ने इच्छा हुनेछ । आफ्नो प्रभाव  बढ्नेछ । लगानी शुभ हुनेछ । तपाईं कुनै पनि ठूलो समस्याबाट छुटकारा पाउनुहुनेछ ।

मिथुन

आज तपाईंले केहि महत्वपूर्ण उपलब्धि प्राप्त गर्दै हुनुहुन्छ । तपाईंको उदार र सजिलो प्रकृतिले  तपाईंको सफलताको कारण हुनेछ । कुनै पनि पारिवारिक मुद्दाहरूको समाधान पनि हुनेछ र घरको वातावरण  शान्त हुनेछ ।

कर्कट

आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ।

सिंह

मध्यम दिन रहेको छ । उच्च लागतले घरमा अशान्ति निम्त्याउन सक्छ  ।  मित्रहरुलाई समय दिन नसक्दा साथीहरु रिसाउने छन्  । आफ्नो लागि व्यक्तिगत समय निकाल्नु होला  ।

कन्या

पुरुषार्थमा वृद्धि हुनेछ । जीवनसाथीको बानीले दिक्क भएर साथीहरुसँग समय व्यतित गरिनेछ । नया ठाउँको  भ्रमणले मानसिक शान्ति मिल्नेछ । अधिक लाभको लागि बटुक भैरबको दर्शन गर्नु होला ।

तुला

राजनैतिक, सामाजिक, औद्योगिक क्षेत्रमा उल्लेख्य प्रगति रहनेछ  ।  रोकिएका कामहरूको सफलता पाउँदा छक्क हुनुहुनेछ ।  मन उल्लासपूर्ण तरिकाले बित्न सक्ला  । 

वृश्चिक

सामाजिकस्थलको भ्रमण गर्दा मन शान्त रहला । आफ्नो हठी स्वभावले श्रीमान-श्रीमतीमा समस्या आउन सक्ला । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ ।

धनु

छोराछोरीसंग समय दिदा राम्रो प्रतिफल मिल्ला ।   आफ्नो कर्ममासक्षम भइनेछ,  सजिलै मानिसहरूको ध्यान आकर्षित  गर्न सकिएला । आय- श्रोत सबल रही मनग्य आम्दानी रहनेछ ।

मकर

मन प्रफुल्लित रहनेछ ।  मानसिक दुःखहुने कामबाट दुरी काम गर्नुहोला । परिवारसँग राम्रो समय बित्नेछ । आमाको मिठो परिकारले आज घरको वातावरण सुखद् रहनेछ । 

कुम्भ

शरीरमा उत्पन्न रोगले दुःख दिँदा  मन  पिडाले दुखित हुनेछ । स्वास्थमा गिरावट हुदा मनलाई समाल्न आफन्तजनसँग फोनमा वार्तालाप गर्न उचित रहनेछ ।

मीन

मिष्ठान्न भोजनको योग छ ।  घरमा नयाँ योजनाका विषयमा छलफल हुन सक्नेछ । आज  नयाँकार्य नगर्नुमा नै बेस हुनेछ । पानी प्रसस्त पिउनुहोला ।  

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

salt training

कमेन्ट गर्नुहोस्