१८ असार २०८३, बिहीबार

‘मेलम्चीको पानी वितरणका लागि तयारी गर्नुहोस्’

फागुन २, २०७८
‘मेलम्चीको पानी वितरणका लागि तयारी गर्नुहोस्’
फाइल तस्वीर

खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पुनः वितरणका लागि हरेक किसिमले तयारी अवस्थामा रहन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १४औँ वार्षिकोत्सवका अवसरमा सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आइतबार आयोजित समारोहमा उनले सो निर्देशन दिएका हुन् । उनले काठमाडौँ उपत्यकामा देखिएको पानीको अभाव कम गर्न योजनाबद्ध ढङ्गले अगाडि बढ्नसमेत केयूकेएललाई निर्देशन दिए।

यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने उद्देश्यसहित अहिले आयोजनाको पुनर्निर्माणको काम सुरु भइसकेको जानकारी दिँदै उनले भने, ‘‘स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउनु राज्यको दायित्व भएकाले सोझै धाराबाट पानी पिउन सक्ने अवस्था सिर्जना गर्न म सम्बद्ध निकायहरूलाई निर्देशन दिन्छु । ’’ गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्