२२ जेठ २०८३, शुक्रबार

भावुक सन्देश लेख्दै गुल्मीका कांग्रेस सभापति श्रेष्ठद्वारा राजिनामा

कात्तिक २०, २०७४
भावुक सन्देश लेख्दै गुल्मीका कांग्रेस सभापति श्रेष्ठद्वारा राजिनामा
गुल्मी, १८ असार - नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक शन्देश लेख्दै सभापतिको पदबाट राजिनामा दिने बताएका छन् । साथै उनले रेसुंगा नगरपालिकामा आफ्नाहरुकै असहयोगको कारणले आफूले हार्नु परेको समेत बताएका छन् ।

उनले जिल्लाभरकै निर्वाचनमा कांग्रेसको अवस्था राम्रो नभएको र रेसुंगा नगरपालिकामा स्वयम आफूले हारेको कारणले आफू राजिनामा दिने निर्णयमा पुगेको बताएका छन् ।

उनलाई शुभेच्छुकहरुले राजिनामा दिने निर्णय फिर्ता लिन अनुरोध गरिरहेका छन् । कांग्रेसको गढ मानिने रेसुंगा नगरपालिकामा श्रेष्ठ एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।

हेरौं उनले लेखेको सन्देश


salt training

कमेन्ट गर्नुहोस्