०७ साउन २०८३, बिहीबार

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

प्रतिपक्षी दलसँग छलफल नै नगरी दर्ता गरिएको महाभियोग प्रस्तावबारे छलफल गर्न बैठकमा नजाने एमालेले बताएको छ । 

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा सहभागी नहुने जानकारी दिए । ‘कुनै विषयमा सरसल्लाह छैन, सरसल्लाह नभई बस्न लागेको बैठकमा जानु पर्ने केही छैन,’ भट्टराईले लोकान्तरसँग भने । 

सभामुख सापकोटाले सोमवार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

यसैबीच, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न एमाले संसदीय दलको बैठक सोमवार मध्यान्हपछि बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्