१९ असार २०८३, शुक्रबार

रुससँग भएका यी ३ विनाशक हतियारसँग संसार थुरुरु

फागुन २, २०७८
रुससँग भएका यी ३ विनाशक हतियारसँग संसार थुरुरु

युक्रेनका विषयमा संसारका दुई महाशक्ति रुस र अमेरिकाबीचको तनाव चरममा पुगेको छ । 

युक्रेनलाई नेटोको सदस्य बन्न नदिनका लागि रुसले भएभरको शक्ति लगाइरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेमा युक्रेनको सहायता गर्ने अमेरिकाले घोषणा गरेको छ । 

आणविक हतियार भएका दुई महाशक्तिबीचको संघर्षले तेस्रो विश्वयुद्धको जोखिम उत्पन्न भएको छ । 

रुससँग भएका तीन खतरनाक हतियारको चर्चा यहाँ गरिनेछ :

आणविक बम

रुससँग संसारको सबभन्दा शक्तिशाली आणविक बम छ । बाम्बा नामक आणविक बमको परीक्षण शीतयुद्धको समयमा रुसले गरेको थियो । अमेरिकाले जापानको हिरोशिमामा खसाएको आणविक बमभन्दा यो ३३ सय ३३ गुणा शक्तिशाली छ । यसले एक सेकेन्डमा ठूलो शहरलाई पूरै ध्वस्त पारिदिन सक्छ । 

किन्जल हाइपरसोनिक क्षेप्यास्त्र

नेटो मुलुकहरूलाई पाठ पढाउन रुसले हाइपरसोनिक क्षेप्यास्त्र किन्जल पनि तैनाथ गरेको छ । आफ्ना मिग–३१ लडाकू विमानमा रुसले यो क्षेप्यास्त्र जडान गरेको छ । पोल्यान्ड र लिथुएनियाको सीमामा जोडिएको कालिनिनग्रादमा रुसले यी विमानहरू तैनाथ गरेको हो । ध्वनिको भन्दा १० गुणा बढी गतिमा उड्ने यी क्षेप्यास्त्रले आणविक बम समेत खसाउन सक्छन् । रुसको हाइपरसोनिक क्षेप्यास्त्रको तोड अमेरिकासँग पनि छैन । 

आणविक तोप

महाविनाशक तोप २एस७ पियोन पनि रुसले तैनाथ गरेको छ । आणविक बम प्रहार गर्न सक्ने यो तोप रुसको सीमावतीए शहर वेसेला लोपानमा तैनाथ गरिएको छ । त्यो युक्रेनको दोस्रो ठूलो शहर खारकीव नजिकै छ । यस शक्तिशाली तोपले ३७ किलोमिटर टाढासम्म अणुबम प्रहार गर्न सक्छ । यसबाट ठूलै क्षेत्र पूरै ध्वस्त हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्