०६ साउन २०८३, बुधबार

दीपकराज गिरीका जेठा छोराले बिहे गरे

कात्तिक २०, २०७४
दीपकराज गिरीका जेठा छोराले बिहे गरे
काठमाडौं, १७ असार – हास्य कलाकार दीपकराज गिरीका जेठा छोरा दिपेश गिरीको बिहे भएको छ । दीपकराज गिरीका जेठा छोरा दिपेश गिरीले कीर्तिपुरकी मीरा ज्ञवालीसँग प्रेम विवाह गरेका हुन् ।

सट्याकसुटुक्क आफ्ना जेठा छोराको बिहे गराएका गिरीले मिडियामा भने कुनै कुरा शेयर नचाहेको बताए । ‘छोराको बिहे भएको हो तर यसबारेमा हामीले मिडियामा बोल्न चाहन्नौ, व्यक्तिगत कुरा समाचार बनोस् भन्ने हामी चाहन्नौं,’ उनले लोकान्तरसँग कुरा गर्दै भने, ‘हामीले यसबारेमा कलाकार र मिडियालाई समेत केही भनेका छैनौं ।’

हाल सम्पादनमा भइरहेको चलचित्र ‘छक्का पञ्जा २’ को टिम लगायत अन्य केही कलाकारको टिमबीच रहेर बिहे सम्पन्न भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्